१२ वर्षदेखि नियमित रुपमा कान्तिपुरको ग्राहक बन्दै आएका गौरवले विजेता बनेकोमा आफ्नो खुशीको सीमा नरहेको बताए । उनले भने, 'विश्वासै गर्न सकेको छैन । अनएक्सपेक्टेड भयो मेरा लागि ।'
काठमाडौँ — काठमाडौं पोस्ट र कान्तिपुर दैनिकको वार्षिक ग्राहक योजना 'कान्तिपुर सस्क्राइब्स एन्ड ड्राइभ नामी' योजनाअन्तर्गत स्युचाटारका गौरव नगरकोटीले नामी कार जितेका छन् ।
१२ वर्षदेखि नियमित रुपमा कान्तिपुरको ग्राहक बन्दै आएका गौरवले विजेता बनेकोमा आफ्नो खुशीको सीमा नरहेको बताए । उनले भने, 'विश्वासै गर्न सकेको छैन । अनएक्सपेक्टेड भयो मेरा लागि ।'
नेपालभरका लाखौं ग्राहकमध्येबाट २५९९३ नम्बरको कुपन भएका नगरकोटीले सिभिल मलमा आयोजित कार्यक्रममा गोलाप्रथाबाट विजेता बनी नामी कार जितेका हुन् । कान्तिपुर पब्लिकेसन्सका वितरण विभाग प्रमुख शिशिरराज पाण्डेका अनुसार जनवरीबाट सुरु भएको ग्राहक योजना चार महिनासम्म चलेको थियो ।
वार्षिक ग्राहक योजनाअन्तर्गत कान्तिपुरका मासिक रुपमा १ जनालाई वासिङ मेसिन र १५ दिनमा एक जनाले फ्रिज र हरेक दिन एकजना विजेतालाई इन्डक्सन चुल्हो पाउँदै आएका थिए ।