काठमाडौँ — सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ई–स्पोट नेपालबीच बैंकका ग्राहकलाई विशेष छुट दिनेसम्बन्धी सम्झौता भएको छ ।
सम्झौताअनुसार बैंकका कार्डवाहक, प्रिभिलेज कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकले ई–स्पोट नेपालको सम्पूर्ण आउटलेटमा ५ प्रतिशत विद्युतीय सवारी चार्जिङ र ५ प्रतिशत खानामा गरी १० प्रतिशतसम्मको छुट पाउनेछन् ।
यो सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने र नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने बैंकको विश्वास छ ।
बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय-समयमा ग्राहकमैत्री सुविधा ल्याइरहेको छ ।
डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरण सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने जनाइएको छ ।
