भायानेटको स्वतन्त्र सञ्चालकमा बैंकर परशुराम कुँवर क्षेत्री

श्रावण ८, २०८२

कान्तिपुर संवाददाता

Banker Parashuram Kunwar Chhetri is an independent director of Vianet

काठमाडौँ — इन्टरनेट तथा टिभी सेवाप्रदायक कम्पनी भायानेट कम्युनिकेशन लिमिटेडले आफ्नो सञ्चालक समितिमा बैंकर परशुराम कुँवर क्षेत्रीलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको छ ।

बैंक तथा वित्तीय क्षेत्रका क्षेत्री कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार भायानेटको बोर्डमा आबद्ध भएका हुन् । बैंकर क्षेत्रीलाई बोर्डमा स्वागत गर्दै उनको तीन दशकभन्दा बढी समयदेखि विभिन्न क्षेत्रमा सञ्चित अनुभवले कम्पनीलाई आगामी दिनमा अझ सशक्त र दिगो विकासतर्फ लैजान मद्दत पुग्ने भायानेटले जनाएको छ ।

कान्तिपुर

Link copied successfully