काठमाडौँ — सामसुङले बजारमा ग्यालेक्सी एम३६ फाइभजी ल्याउने भएको छ ।
ग्यालेक्सी एम सिरिजमा नयाँ ग्यालेक्सी एम३६ फाइभजी सार्वजनिक गर्न लागिएको कम्पनीले जनाएको छ । यो स्मार्टफोन भेल्भेट ब्ल्याक र स्क्रिन ग्रिन रङमा नेपालभरका आधिकारिक रिटेल स्टोरमा उपलब्ध हुने कम्पनीले बताएको छ ।
दुई भेरियन्टमा उपलब्ध ८ जीबी प्लस १ सय २८ जीबी क्षमताको यो स्मार्टफोनको मूल्य ३६ हजार ९ सय ९९ रहेको कम्पनीको भनाइ छ । साथै ८ जीबी प्लस २ सय ५६ जीबी क्षमताको यो स्मार्टफोनको मूल्य भने ४१ हजार ९ सय ९९ रहेको कम्पनीले जनाएको छ ।
ग्यालेक्सी एम३६ फाइभजीमा रहेको ट्रिपल क्यामेराले स्टेबल भिडियो र कम प्रकाशमा पनि उत्कृष्ट तस्बिर खिच्ने कम्पनीको दाबी छ । अगाडि र पछाडि रहेको दुवै क्यामेरामा फोके भिडियो रेकर्डिङ गर्न मिल्नेलगायत सुविधा पनि रहेको बताइएको छ ।
