ई–सेवा र जापानको यहेई रेमिटबीच रेमिट्यान्स भुक्तानी सम्झौता

श्रावण ७, २०८२

कान्तिपुर संवाददाता

Remittance Payment Agreement between E-Sewa and Yehei Remit of Japan

काठमाडौँ — डिजिटल रेमिट्यान्स सेवा प्रदायक ई–सेवा मनी ट्रान्सफर र जापानस्थित यहेई रेमिटबीच रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौता गरिएको छ ।

उक्त सम्झौतामा ई–सेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र यहेई रेमिटका प्रबन्ध निर्देशक नवीन निउरेले हस्ताक्षर गरे ।

यस सहकार्यले रेमिट्यान्स सेवामा पहुँच र दक्षता अभिवृद्धि गर्ने लक्ष्य लिएको र अब जापानमा बसोबास तथा रोजगारीमा रहेका नेपालीले यहेई रेमिटको मोबाइल एप प्रयोग गरी नेपालमा रहेका आफ्ना परिवारलाई ई–सेवा मनी ट्रान्सफरमार्फत सजिलै रेमिट्यान्स पठाउन सक्ने जनाइएको छ ।

यहेई रेमिटमार्फत जापानबाट पठाइएको रकम नेपालमा रहेका प्राप्तकर्ताले ई–सेवा मनी ट्रान्सफरका १३ हजार ८ सयभन्दा बढी भुक्तानी केन्द्र, बैंक तथा वित्तीय संस्था साथै ई–सेवाका क्यास प्वाइन्ट तथा वालेटमार्फत सहज रूपमा प्राप्त गर्न सक्ने पनि कम्पनीको भनाइ छ ।

कान्तिपुर

Link copied successfully