काठमाडौँ — एनसेलले विद्यार्थीहरूका लागि विशेष रूपमा डिजाइन गरिएको ‘सधैं अन रिन्युअल’ योजना सञ्चालनमा ल्याएको छ ।
२०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएकालगायत सबै विद्यार्थीलाई लक्ष्य गरी यो स्टार्टर प्लान अफरले सुलभ दरमा मनोरञ्जनका साथै दूरसञ्चार सेवामा पहुँच सुनिश्चित गर्ने एनसेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
करसहित ३ सय ९९ रुपैयाँभन्दा बढी मासिक शुल्कमा उपलब्ध हुने यी योजनामा अनलिमिटेड फेसबुक, अनलिमिटेड टिकटक, अनलिमिटेड युट्युब, लाइन्सगेट प्लेमा निःशुल्क प्रिमियम सामग्रीको पहुँच, अनलिमिटेड नाइट डेटा र प्याकमा समावेश अन्य सेवा रहेको एनसेलले जनाएको छ ।
३ सय ९९ रुपैयाँको सधैं अन रिन्युअल प्लानमा विद्यार्थीले ३० दिनका लागि ३९९ मिनेट अल नेपाल कल टक टाइम, ८ जीबी डेटा र ३९ वटा अल नेपाल एसएमएस बन्डल भएको सेवा पाउने विज्ञप्तिमा उल्लेख छ । विद्यार्थीले ५ सय ९९ रुपैयाँको सधैं अन रिन्युअल लिए उनीहरुले ५ सय ९९ मिनेट अल नेपाल टक टाइम, २० जीबी डेटा र ५९ वटा अल नेपाल एसएमएस सेवा पाउने पनि कम्पनीको भनाइ छ ।
