‘फिस टनेल एक्स्पो’ मा ५० हजार अवलोकनकर्ता

श्रावण ७, २०८२

कान्तिपुर संवाददाता

50,000 visitors at the Fish Tunnel Expo

काठमाडौँ — भक्तपुरको राधेराधेमा सञ्चालित ‘फिस टनेल एक्स्पो’ मा ५० हजार अवलोकनकर्ता सहभागी भएका छन् ।

औद्योगिक शान्ति नेपाल संस्थाको आयोजनामा असार ६ देखि सुरु भएको एक्स्पोमा साउन १० सम्म चल्ने आयोजक संस्थाका अध्यक्ष सन्दीप महतले जनाए । एक्स्पोमा १ सय २६ प्रकारका रंगीन र दुर्लभ माछा प्रदर्शनीमा राखिएको उनको भनाइ छ । तिनलाई भारत र थाइल्यान्डबाट आयात गरिएको पनि उनले बताए ।

बालबालिकालाई जलजीवको ज्ञान दिने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीमा विद्यार्थीका लागि शैक्षिक छुटको व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रदर्शनीमा दुई सय रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म पर्ने माछा अवलोकन गर्न पाइने आयोजकले जनाएको छ ।

कान्तिपुर

Link copied successfully