काठमाडौँ — एनआईसी एशिया बैंक र एएसजी आई केयर एण्ड हेल्थ सर्भिसबीच बैंकका ग्राहकलाई आाखा उपचार सेवामा विशेष छुट दिने गरी सम्झौता भएको छ ।
सम्झौतासँगै अब बैंकका ग्राहकले एएसजी आई केयर एण्ड हेल्थ सर्भिसमा आँखा उपचार सेवा लिई डिजिटल भुक्तानी गर्दा विभिन्न सेवाहरुमा १५ प्रतिशतसम्म छुट पाउनेछ ।
ग्राहकले सर्जरी प्रक्रियामा १५ प्रतिशत वा बढीमा १० हजार रुपैयाँसम्म, माइनर इनभेस्टिगेसन र अप्टिकल/लेन्समा १० प्रतिशत छुटका साथै पहिलो पटक सेवा लिने ग्राहकलाई ओपीडी शुल्क र दर्ता शुल्कमा पूर्ण छुट हुनेछ ।
छुट सुविधाको उपभोग गर्न ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ ।
