एनआईसी एशिया बैंक र भक्तपुर इन्टरनेसनल हस्पिटलबीच सम्झौता

श्रावण ६, २०८२

कान्तिपुर संवाददाता

Agreement between NIC Asia Bank and Bhaktapur International Hospital

काठमाडौँ — एनआईसी एशिया बैंक र भक्तपुर इन्टरनेसनल हस्पिटलबीच बैंकका ग्राहकको स्वास्थ्य उपचारमा सहकार्य गर्ने विषयमा सम्झौता भएको छ । सम्झौतासँगै अब यस बैंकका ग्राहकले भक्तपुर इन्टरनेसनल हस्पिटलमा स्वास्थ्य उपचार सेवा लिएर डिजिटल भुक्तानी गर्दा २० प्रतिशत छुट पाउनेछ ।

छुट सुविधा उपभोग गर्न ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ ।

बैंकले देशभरका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा सशक्त रुपमा डिजिटल भुक्तानीको पहुँच विस्तार गर्ने उद्देश्य अनुरुप भक्तपुर इन्टरनेसनल हस्पिटलसँगको  सम्झौता गरेको हो । 

उक्त सम्झौताले स्वास्थ्य उपचार र मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully