What you should know
काठमाडौँ — होन्डा मोटर कम्पनीको अधिकृत विक्रेता स्याकार ट्रेडिङ कम्पनीले प्रो होन्डा जेन्विन इन्जिन आयल नेपाली बजारमा ल्याएको छ। ‘ग्लोबल होन्डा ब्रान्ड’ को रूपमा स्याकारले यस उत्पादनको बिक्री तथा वितरण सुरु गरेको हो।
होन्डा मोटर कम्पनीद्वारा मोटरसाइकल तथा अन्य पावर प्रडक्ट्सका लागि विकास गरिएको यो इन्जिन आयल होन्डाका प्रयोगकर्तालाई गुणस्तरीय र जेन्विन इन्जिन आयलको सेवा उपलब्ध गराउने उद्देश्यले तयार पारिएको हो।
प्रो होन्डा आयलले सवारीको इन्जिनलाई लामो समयसम्म टिकाउने र वातावरण प्रदूषण कम गर्ने उद्देश्य राख्नेछ। 'यसमा प्रयोग गरिएको नयाँ प्रविधिले इन्जिनभित्रको घर्षण कम गरी पेट्रोलको खपत घटाउने तथा मर्मत खर्च कम गर्ने उल्लेखनीय लाभ प्रदान गर्छ,' कम्पनीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ,'यसमा रहेको एन्टि-रस्ट गुणका कारण इन्जिनका पाटपुर्जालाई खियाबाट जोगाउँछ र समग्रमा इन्जिनको आयु बढाउने भूमिका खेल्दछ।'
स्याकारका अनुसार प्रो होन्डा आयल वातावरणमैत्री हुनुका साथै आर्थिक रूपमा पनि प्रभावकारी भएकाले सवारी धनीहरूका लागि उपयोगी हुने विश्वास लिएको छ। यसले इन्जिनलाई सुरक्षित मात्र राख्दैन, इन्जिनको कार्यक्षमता पनि बढाउने कम्पनीको दाबी छ।
यस नयाँ तथा गुणस्तरीय उत्पादनको लञ्चसँगै होन्डाले नेपाली उपभोक्तालाई उत्कृष्ट इन्जिन आयलको अनुभव दिने आफ्नो प्रतिबद्धता पुनः दोहोर्याएको छ । 'प्रो होन्डा आयल'ले नेपाली सवारी प्रयोगकर्ताको इन्जिनमा सुधार ल्याउने र ग्राहकको विश्वास जित्ने अपेक्षा गरिएको छ।
