आईएमई लाइफ इन्स्योरेन्सलाई आईक्यानको अवार्ड

श्रावण ३, २०८२

कान्तिपुर संवाददाता

ICAN Award to IME Life Insurance

What you should know

काठमाडौँ — इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेण्ट्स अफ नेपाल (आईक्यान)को मेरिट अवार्ड आईएमई लाइफ इन्स्योरेन्स लिमिटेडले पाएको छ।  कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का र प्रमुख वित्त अधिकृत जगत बोहराले संयुक्त रूपमा उक्त अवार्ड लिएका हुन्।

आईक्यानद्वारा आयोजित ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड डिस्ट्रीब्युसन सेरेमनी २०२४’ मा उक्त अवार्ड वितरण गरिएको हो ।

कम्पनीले यो अवार्डले आफूले अपनाउँदै आएको पारदर्शिता र सुशासनमा आधारित संस्थागत अभ्यासको पुष्टि गरेको बताएको छ। साथै, भविष्यमा अझ उत्तरदायी र पारदर्शी संस्थागत अभ्यासलाई अगाडि बढाउने प्रतिबद्धता पनि व्यक्त गरेको छ।

कान्तिपुर संवाददाता

Link copied successfully