विराटनगर किंग्सको मार्केटिङ एजेन्सीमा 'भी-चित्र' नियुक्त

श्रावण १, २०८२

कान्तिपुर संवाददाता

'V-Chitra' appointed at Biratnagar Kings' marketing agency

काठमाडौँ — क्रिकेट फ्रेन्चाइज टिम विराटनगर किंग्सले आफ्नो आधिकारिक मार्केटिङ एजेन्सीका रूपमा 'भी-चित्र'लाई नियुक्त गरेको छ। यो साझेदारीमार्फत टोलीले ब्रान्डको उपस्थिति मजबुत पार्ने, दर्शकसँगको संलग्नता विस्तार गर्ने र समग्र मार्केटिङ प्रयासलाई प्रभावकारी बनाउने लक्ष्य राखेको छ।

डिजिटल मार्केटिङ, ब्रान्ड विकास, पीआर व्यवस्थापन र दर्शक संलग्नता क्षेत्रमा सशक्त अनुभव राखेको 'भी-चित्र' ले विराटनगर किंग्सको सम्पूर्ण मार्केटिङ र सञ्चार प्रयासहरू सम्हाल्नेछ।

विराटनगर किंग्सका सञ्चालक वेङ्कटेश मुन्द्राले भने, 'हामी भी-चित्रसँगको सहकार्यप्रति निकै उत्साहित छौं। वहाँहरूको सिर्जनात्मक सोच र रणनीतिहरू हाम्रो दीर्घकालीन दृष्टिकोणसँग पूर्ण रूपमा मेल खान्छ। यो साझेदारीले हाम्रो ब्रान्ड उपस्थिति थप मजबुत बनाउनेछ र समर्थक तथा समुदायसँगको सम्बन्ध अझ गहिरो बनाउनेछ।'

भी-चित्रका प्रबन्ध निर्देशक शेखर क्षेत्रीले टोलीको मौलिकता उजागर गर्ने र रणनीतिक लक्ष्य हासिल गर्न सहयोग पुग्ने प्रभावकारी क्याम्पेनहरू विकास गर्न आफूहरू तत्पर रहेको बताए।

कान्तिपुर

Link copied successfully