काठमाडौँ — प्रविधिमैत्री लजिस्टिक्स कम्पनी सारथि लजिस्टिक्सले औपचारिक रूपमा नेपालभर आफ्नो सेवा सुरु गरेको छ । आधुनिक प्रविधि र पारदर्शितामार्फत नेपालको वस्तु आपूर्ति क्षेत्रमा नयाँ स्तरको सेवा प्रदान गर्ने सारथिले जनाएको छ ।
सारथिको स्वयम्भू ठूलोभर्याङ, काठमाडौंमा मुख्य कार्यालय छ भने नारायणघाट, वीरगन्ज, विराटनगर, बुटवल, भैरहवा, हेटौंडा, पोखरा, इटहरी र धनगढीमा शाखा कार्यालय छन् ।
सारथिले आंशिक तथा पूर्ण ट्रक लोड सेवा, कुरीयर तथा पार्सल डेलिभरी, फ्लिट म्यानेजमेन्ट, वेयरहाउसिङ र वितरण, रिभर्स लजिस्टिक्स लगायतका सेवा दिने जनाएको छ । ग्राहकले मोबाइल एप वा वेबसाइटमार्फत सजिलै ट्रक बुकिङ, रियल-टाइम ट्र्याकिङ र पारदर्शी सेवा पाउँनेछन् ।
‘नेपालमा ढुवानी व्यवसायलाई प्राविधिक, पारदर्शी र सहज बनाउन सारथी स्थापना गरिएको हो,’ सारथिका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत राजकुमार न्यौपानेले भने, ‘हाम्रो लक्ष्य ढुवानी क्षेत्रलाई व्यवस्थित गर्दै व्यवसाय तथा आम उपभोक्तालाई भरपर्दो सेवा प्रदान गर्नु हो ।'
