काठमाडौँ — किचन वेयर ब्रान्ड 'विनोद कुकवेयर इन्डिया'ले नेपालमा आफ्ना उत्पादन प्रवर्द्धन गर्न पर्वतारोही तथा फोटो पत्रकार पूर्णिमा श्रेष्ठलाई ब्रान्ड एन्डोर्सरको रूपमा नियुक्त गरेको छ।
भाटभटेनीसँगको सहकार्यमा 'इन्टरनेसनल डिस्ट्रिब्युटर्स (आईडीपिएल नेपाल)' मार्फत बजारमा विनोद कुकवेयरका उत्पादनहरू उपलब्ध छन्।
गुणस्तर, दिगोपन र स्वस्थ जीवनशैलीप्रति गहिरो प्रतिबद्धता राख्ने ब्रान्ड रहेको कम्पनीको दाबी छ । 'स्यान्डविच बटम' र 'ट्राइप्लाई (तीन तह)' प्रविधिको अग्रणीका रूपमा परिचित यो ब्रान्डले स्टेनलेस स्टील, ट्राइप्लाई, हार्ड एनोडाइज्ड, कास्ट आइरनदेखि प्रेशर कुकिङसम्मका भरपर्दा उत्पादनहरू उपलब्ध गराउँदै आएको छ।
फिचर र फिनिशमा विशेष ध्यान दिँदै कम्पनीले सन्तुलित मूल्य र उत्कृष्ट गुणस्तरमा उत्पादनहरू उपभोक्तासमक्ष प्रस्तुत गर्दै आएको जनाएको छ। विनोद कुकवेयर एशियादेखि मध्यपूर्व, क्यानडा, अमेरिका र युरोपसम्म लाखौं उपभोक्ताको विश्वास जितिसकेको कम्पनीको दाबी छ।
