What you should know
काठमाडौँ — सानिमा बैंकले आफ्ना ग्राहकलाई दराजको ‘महाबचत बजार २०८२’ योजनामा विशेष छुट प्रदान गर्ने गरी सहकार्य गरेको छ। दराजबाट सामान खरिद गरी सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानी गर्ने ग्राहकले छुट सुविधा प्राप्त गर्न सक्नेछन्।
बैंकका अनुसार डेबिट कार्डबाट भुक्तानी गर्दा ग्राहकले १० प्रतिशत वा अधिकतम ५ सय रुपैयाँसम्म छुट पाउनेछन्। क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम ७५० रुपैयाँसम्म छुट प्राप्त हुनेछ।
यो योजना साउन २ गतेदेखि १५ गतेसम्म लागू हुनेछ। छुट सुविधा प्राप्त गर्न ग्राहकले दराजबाट सानिमा बैंकको भौचर संकलन गर्नुपर्नेछ। साथै, क्रेडिट कार्ड प्रयोगकर्ताले मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्नेछन्।
