नेपाल लाइफले आर्जन गर्‍यो १० अर्ब प्रथम बिमा शुल्क

असार ३२, २०८२

कान्तिपुर संवाददाता

Nepal Life earned 10 billion first premium

काठमाडौँ — जीवन बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १० अर्ब प्रथम बिमा शुल्क आर्जन गरेको छ ।

स्थापनाको २५औं वर्षमा गर्दै कम्पनीले नेपालको जीवन बीमा उद्योगमा ऐतिहासिक रेकर्ड बनाउन सफल भएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

‘नेपाल लाइफले हासिल गरेको यो ऐतिहासिक उपलब्धिले बिमा बजारलाई दिशानिर्देशसमेत प्रदान गरेको छ । आगामी दिनमा बिमा बजारको श्रीवृद्धिमा यसले अतुलनीय भूमिका निर्वाह गर्नेमा नेपाल लाइफ विश्वस्त छ,’ विज्ञप्तिमा भनिएको छ ।

नेपाल लाइफ प्रविधिमैत्री प्रणालीहरूको अधिकतम प्रयोग गर्दै समयानुकूल सम्पूर्ण तप्कालाई उपयुक्त हुने खालका इनोभेटिभ प्रोडक्ट ल्याउने, लगानीको प्रतिफललाई उच्च बनाउन लगानी विविधीकरण गर्दै जाने विषयमा प्रतिबद्ध रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले बताए ।   

कान्तिपुर

Link copied successfully