काठमाडौँ — विराटनगर किंग्सको हस्पिटालिटी पार्टनरका रुपमा पुनः हायात सेन्ट्रिक सोल्टीमोड काठमाडौं अनुबन्धित भएको छ ।
गत वर्षको सफल सहकार्यपछि नेपालको एक प्रिमियम हस्पिटालिटी ब्रान्डसँग पुनः सहकार्य गर्दै अगाडि बढ्न पाउँदा टिमले सकारात्मक अपेक्षा लिएको किंग्सले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
‘हायात सेन्ट्रिक सोल्टीमोड काठमाडौँ आफ्नो अत्याधुनिक आराम, उत्कृष्टसेवा र स्थानीय संस्कृतिको झल्को दिने आकर्षक वातावरणका लागि प्रसिद्ध छ। यो सहकार्यले खेलकुद र हस्पिटालिटी क्षेत्रको उत्कृष्टतालाई सँगै अघि बढ्ने साझा दृष्टिकोण प्रस्तुत गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस सहकार्यको अंशस्वरूप विराटनगर किंग्सका खेलाडी, अफिसियल तथा पाहुनाले प्रतियोगिता अवधिभर प्रिमियम हस्पिटालिटी अनुभव गर्न पाउनेछन्।’
विराटनगर किंग्स नेपाल प्रिमियर लिगअन्तर्गत कोशी प्रदेशको प्रतिनिधित्व गर्ने क्रिकेट फ्रेन्चाइज हो।
