एनआईसी एसिया र ई–स्टप नेपालबीच छुट सम्झौता

असार ३२, २०८२

कान्तिपुर संवाददाता

Discount agreement between NIC Asia and E-Stop Nepal

काठमाडौँ — एनआईसी एसिया बैंक र ई–स्टप नेपालबीच बैंकका ग्राहकलाई रेस्टुरेन्ट सेवा र चार्जिङ स्टेसनमा विशेष छुट दिने सम्झौता भएको छ । सम्झौताअनुसार ई–स्टप नेपालको रेस्टुरेन्ट सेवामा १० प्रतिशत र चार्जिङ स्टेसन सेवामा ५ प्रतिशत छुट उपलब्ध गराइनेछ ।

हाल ई–स्टप नेपालले नवलपुरको दलदले, सिन्धुलीको रामटार र कुरिनटारस्थित रेस्टुरेन्टसँगै चार्जिङ स्टेसन सञ्चालन गरिरहेको छ । यी स्थानमा विद्युतीय सवारीसाधन चार्ज गर्दै ग्राहकले खानामा छुट सुविधासमेत लिन सक्नेछन् । बैंकका अनुसार ग्राहकले एनआईसी एसिया बैंकको डेविट, क्रेडिट वा प्रिपेड कार्ड तथा एप प्रयोग गरी भुक्तानी गर्दा छुट प्राप्त गर्न सक्नेछन् ।

कान्तिपुर

Link copied successfully