काठमाडौँ — नेपाल–भारत वाणिज्य तथा उद्योग महासंघ (निक्की) र गोवा वाणिज्य तथा उद्योग महासंघ (जीसीसीआई) बीच भारतको गोवा राज्य र नेपालबीच आपसी व्यापार, सीमा पार लगानी तथा आर्थिक सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यले समझदारी गरिएको छ ।
समझदारीपत्रमा निक्कीका अध्यक्ष सुनील केसी र गोवा चेम्बरकी अध्यक्ष प्रतिमा धोन्डले हस्ताक्षर गरे । व्यापार, लगानी, उद्योग तथा पर्यटनका क्षेत्रमा आपसी समझदारी, जानकारी आदानप्रदान र व्यावसायिक सम्पर्क विस्तार गरी सहकार्य सुदृढ गर्नु समझदारीको उद्देश्य रहेको निक्कीका अध्यक्ष केसीले बताए ।
दुई संघबीच आर्थिक प्रवृत्ति, लगानी परिवेश, सरकारी नीति, क्षेत्रीय अवसर तथा विविध जानकारी आदानप्रदान गर्न यस सहकार्यले टेवा पुर्याउने अपेक्षा गरिएको छ ।
