एनआईसी एशिया बैंकका ग्राहकलाई ई.स्टप नेपालको चार्जिङ स्टेसनमा ५ प्रतिशत छुट

असार ३१, २०८२

कान्तिपुर संवाददाता

NIC Asia Bank customers get 5 percent discount at E.Stop Nepal charging stations

काठमाडौँ — एनआईसी एशिया बैंक र ई.स्टप नेपालबीच बैंकका ग्राहकलाई रेस्टुरेन्ट सेवा र चार्जिङ स्टेसनमा विशेष छुट दिने सम्झौता भएको छ।सम्झौताअनुसार ई.स्टप नेपालको रेस्टुरेन्ट सेवामा १० प्रतिशत र चार्जिङ स्टेसन सेवामा ५ प्रतिशत छुट उपलब्ध गराइनेछ।

हाल ई.स्टप नेपालले नवलपुरको दलदले, सिन्धुलीको रामटार र कुरिनटारस्थित रेस्टुरेन्टसँगै चार्जिङ स्टेसन सञ्चालन गरिरहेको छ। यी स्थानहरूमा विद्युतीय सवारी साधन चार्ज गर्दै ग्राहकले खानाको स्वादमा छुट सुविधा समेत लिन सक्नेछन्।

बैंकका अनुसार ग्राहकले एनआईसी एशिया बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड तथा मोबैंक एप प्रयोग गरी भुक्तानी गर्दा छुट प्राप्त गर्न सक्नेछन्।

दिगो ग्रुप अफ कम्पनी अन्तर्गत रहेको ई.स्टप नेपालसँगको सहकार्यले देशमा डिजिटल भुक्तानी र हरित अर्थतन्त्रको प्रवर्द्धनमा टेवा पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ।

कान्तिपुर संवाददाता

Link copied successfully