होपफूल हराईजन नेपाल र प्रभु बैंकबीच छुट सम्झौता

असार ३१, २०८२

कान्तिपुर संवाददाता

Discount agreement between Hopeful Haraijan Nepal and Prabhu Bank

काठमाडौँ — प्रभु बैंकका ग्राहक तथा कर्मचारीलाई होपफूल हराईजन नेपालको मानसिक स्वास्थ्यसम्बन्धी सेवाहरुमा छुट पाउने भएको छ । होपफूल हराईजन नेपाल र प्रभु बैंकबीच उक्त समझदारी भएको हो ।

होपफूल हराईजन नेपालका तर्फबाट डा. प्रकृति प्रधान र प्रभु बैंकका तर्फबाट प्रमुख मार्केटिङ अफिसर रमेशकुमार श्रेष्ठले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । 

छुट सुविधा प्राप्त गर्न ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्डमध्ये कुनै एक होपफुल हराईजन नेपालमा पेस गर्नुपर्ने छ ।

होपफूल हराईजन नेपाको झम्सिखेल र पुल्चोक शाखामा उक्त सुविधा पाइनेछ ।

कान्तिपुर

Link copied successfully