शिवम् सिमेन्टको ‘नो कम्प्रमाइज’ अभियानअन्तर्गत दोस्रो भिडियो सार्वजनिक

असार ३०, २०८२

कान्तिपुर संवाददाता

The second video released under Shivam Cement's 'No Compromise' campaign

काठमाडौँ — शिवम् सिमेन्टले आफ्नो ब्रान्ड क्याम्पेन ‘क्वालिटीको मामिलामा नो कम्प्रमाइज’ अन्तर्गत दोस्रो भिडियो सार्वजनिक गरेको छ।

यो भिडियोमा घरबेटी र भाडावालबीचको सम्झौतामा आधारित कथा मार्फत ‘सर्तकताको मामिलामा नो कम्प्रमाइज’ भन्ने सन्देश दिन खोजिएको छ।

शिवम् सिमेन्टको भिडियोले विश्वास पात्रबाट हुन सक्ने धोका र छलकपटप्रति सचेत गराउँदै सामान्य जीवनका निर्णयहरूमा पनि विवेक र सतर्कता आवश्यक हुन्छ भन्ने सन्देश दिएको छ। यसअघि, क्याम्पेनको पहिलो चरणमा एक कर्तव्यनिष्ठ ट्राफिक प्रहरीको जीवनकथामार्फत ‘कर्तव्यको मामिलामा नो कम्प्रमाइज’ भन्ने सशक्त सामाजिक सन्देश दिने भिडियो सार्वजनिक गरिएको थियो।

शिवम् सिमेन्टको यो अभियान केवल विज्ञापन मात्र नभई समाजप्रतिको उत्तरदायित्व र जनचेतना अभिवृद्धिमा केन्द्रित रहेको कम्पनीले जनाएको छ।'नो कम्प्रमाइज भन्न जति सजिलो छ, व्यवहारमा लागू गर्न त्यत्तिकै गाह्रो हुन्छ। तर जसले त्यसलाई व्यवहारमा उतार्छ, उसको शिर सधैं गर्वले उँचो हुन्छ,' भन्ने सन्देशमार्फत शिवम् सिमेन्टले आफ्नो गुणस्तरमा कहिल्यै सम्झौता नगर्ने नीति झनै मजबुत रूपमा प्रस्तुत गरेको छ।

The second video released under Shivam Cement's 'No Compromise' campaign

कान्तिपुर

Link copied successfully