सीताराम डेरीद्वारा सुरक्षा निकायलाई लाइफ ज्याकेट वितरण

असार ३०, २०८२

कान्तिपुर संवाददाता

Distribution of life jackets to security agencies by Sitaram Dairy

काठमाडौँ — सीताराम डेरी र कीर्तिपुर नगरपालिका–४ को समन्वयमा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई लाइफ ज्याकेट वितरण गरिएको छ।

केडिया फाउन्डेसन तथा सीताराम डेरीले पहिरो, बाढी, हिमपात लगायतका विपद्का समयमा सुरक्षाकर्मीहरूलाई उद्धार गर्न सहजता होस् भन्ने उद्देश्यले उद्धार सामग्री  हस्तान्तरण गरेको हो  ।

कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, 'बाढी, पहिरोजस्ता विपद् सूचना दिएर आउँदैनन्। त्यसैले विपद् न्यूनीकरणका लागि पूर्वतयारी नै महत्वपूर्ण हुन्छ।' यसै सन्दर्भमा यस्ता घटनाहरूको प्रभाव न्यून पार्न सहयोग होस् भन्ने हेतुले लाइफ ज्याकेट वितरण गरिएको बताइएको छ।

कान्तिपुर

Link copied successfully