काठमाडौँ — करेन्ट नुडल्सको उत्पादक यशोदा फुड्सले काठमाडौंमा ‘करेन्ट पोइन्ट’ को नयाँ आउलेट सञ्चालनमा ल्याएको छ । उपभोक्ताको निरन्तर मागलाई ध्यानमा राख्दै कम्पनीले काठमाडौंको अनामनगरमा आफ्नो दोस्रो आउटलेट सञ्चालनमा ल्याएको हो ।
करेन्ट नुडल्स उत्पादन गर्ने कम्पनी यशोदा फुड्सले काठमाडौंको अनामनगरमा ‘करेन्ट पोइन्ट’ को दोस्रो आउटलेट सञ्चालनमा ल्याएको छ। उपभोक्ताको माग र चासोलाई ध्यानमा राख्दै कम्पनीले राजधानीमा आफ्नो उपस्थित विस्तार गरेको हो।
शुक्रबार आयोजित उद्घाटन कार्यक्रममा करेन्ट नुडल्सकी ब्रान्ड एम्बेसडर तथा लोकप्रिय अभिनेत्री केकी अधिकारीले नयाँ आउटलेटको उद्घाटन गरिन्। हट एन्ड स्पाइसी नुडल्स सेग्मेन्टमा छुट्टै पहिचान बनाएको ‘करेन्ट पोइन्ट’ को पहिलो आउटलेट बुटवलमा सञ्चालन भइरहेको छ।
यस अवसरमा कम्पनीका अध्यक्ष चुन्नप्रसाद पौडेलले बुटवलमा ‘करेन्ट पोइन्ट’ ले पाएको माया र सफलताले काठमाडौंमा शाखा विस्तार गर्न प्रेरणा दिएको बताए। कम्पनीका अनुसार नयाँ आउटलेटमा करेन्ट नुडल्सका विभिन्न परिकारहरू उपलब्ध हुनेछन्।
‘ग्राहकहरूले करेन्ट चाउचाउबाट बनेका यस्ता परिकारहरूको स्वाद लिन सक्नेछन्, जुन उनीहरूले पहिले कहिल्यै चाखेका छैनन्,’ विज्ञप्तिमा उल्लेख छ। साथै, ग्राहकहरूले आफ्नो रुचिअनुसार मसला र स्वाद पनि रोज्न सक्ने सुविधा हुनेछ।
