काठमाडौँ — ईडीएफ ज्याम्बोरीद्वारा आयोजित अन्तर्राष्ट्रिय शिक्षा मेला शनिबार हुने भएको छ । अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा १५ वर्षभन्दा लामो अनुभव र सफलता हासिल गरिसकेको ईडीएफ ज्याम्बोरी नेपाली विद्यार्थीहरूका लागि काठमाडौंमा मेला आयोजना गर्न लागेको हो ।
ईडीएफ ज्याम्बोरीले युके, अष्ट्रेलिया र युरोपका ३० भन्दा बढी प्रतिष्ठित विश्वविद्यालयहरूलाई प्रत्यक्ष रूपमा काठमाडौंमा ल्याउँदैछ। मेला ईडीएफ ज्याम्बोरीकै कार्यालयमै हुनेछ ।
मेलाको मुख्य विशेषता भनेको विद्यार्थीहरूले परम्परागत रूपमा समय लाग्ने आवेदन प्रक्रियाबाट मुक्त भई विश्वविद्यालयका निर्णयकर्ताहरूसँग प्रत्यक्ष रूपमा अन्तरक्रिया गर्न सक्ने अवसर हो। यो केवल शिक्षा मेला होइन, विश्वस्तरीय संस्थाहरूमा पुग्ने द्रुत र सुलभ मार्ग हो ।
प्रत्यक्ष अन्तरक्रिया नेपाली विद्यार्थीहरूको अन्तर्राष्ट्रिय शिक्षामा पहुँचको ढोका फराकिलो बनाउने माध्यम बनेको ईडीएफ ज्याम्बोरीले जनाएको छ। मेलामा सहभागी विश्वविद्यालयहरूले छात्रवृत्तिको जानकारी, शुल्क छुट, तथा कार्य-अध्ययन कार्यक्रम सम्बन्धी अवसरहरू प्रस्तुत गर्नेछ ।
ईडीएफ ज्याम्बोरीले विगत १५ वर्षमा पाँच हजारभन्दा बढी विद्यार्थीहरूलाई विदेश पठाइसकेको छ । हालसम्म दुई भन्दा बढी विश्वविद्यालयहरूसँग साझेदारी कायम राखेको जनाएको छ। भिसा सफलता दर ९५ प्रतिशत रहेको तथ्याकंले ईडीएफ ज्याम्बोरीप्रति विश्वास थप मजबुत बनाएको छ।
मेलामा सहभागी हुन इच्छुक विद्यार्थीहरूले अनिवार्य रूपमा पूर्वदर्ता गर्नुपर्नेछ। सहभागीहरूले आफ्नो शैक्षिक प्रमाणपत्र, आईईएलटीएस वा पीटीई स्कोर, र पासपोर्ट साथमा ल्याउन अनुरोध गरिएको छ।
