टीभीएस जुपिटर ११० अब नेपालमा

असार २६, २०८२

कान्तिपुर संवाददाता

TVS Jupiter 110 now in Nepal

काठमाडौँ — टीभीएसले नेपालमा टीभीएस जुपिटर ११० स्कुटर सार्वजनिक गरेको छ । यो स्कुटर अत्याधुनिक इन्जिन र आफ्नो सेग्मेन्टमै पहिलो पटक समावेश गरिएका नवीनतम प्रविधिले सुसज्जित रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नयाँ जुपिटर ११० ले एउटा स्कुटर मात्र होइन, शैली, माइलेज, प्रदर्शन, आराम, सुविधा र प्रविधिको सन्तुलन मिलाउने कम्पनीको भनाइ छ । १५ वटा सेग्मेन्टमै पहिलो र १४ वटा उत्कृष्ट विशेषतासहितको यो स्कुटर नेपालका उपभोक्ताको बदलिँदो रोजाइअनुसार तयार पारिएको कम्पनीको दाबी छ ।

कान्तिपुर

Link copied successfully