काठमाडौँ — युवालाई देशमै अवसर रहेको सन्देश दिन, नेतृत्व विकास, सकारात्मक सोच तथा उद्यमशीलताको भावना जगाउन ‘नेसनल युथ फेस्टिभल’ हुने भएको छ । असार २८ मा नेपाल प्रज्ञा–प्रतिष्ठानमा फेस्टिभलको दोस्रो संस्करण आयोजना हुने जनाइएको छ ।
मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजी, सुनौलो नेपाल, परिवर्तनका लागि युवा, वाईईडी टक्स र इन्डेप्थ स्टोरीको संयुक्त महोत्सव आयोजना हुन लागेको आयोजकले बताएको छ । यस पटकको कार्यक्रममा अनुराधा कोइराला, डा. भगवान कोइराला, चन्द्र ढकाल, मनोज ज्ञवाली, सुरक्षा पन्त, रूपेश्वर गौर दास, सोभनवीर मालाकारलगायत व्यक्तिले आफ्ना अनुभव र दृष्टिकोण प्रस्तुत गर्ने आयोजकले जनाएको छ ।
