जेनेस सलुसनले प्राप्त गर्‍यो अमेजनको  'प्रिमिएयर टिएर सर्भिसेज पार्टनर' स्टाटस

असार २६, २०८२

कान्तिपुर संवाददाता

Janes Solutions Receives Amazon's 'Premier Tier Services Partner' Status

काठमाडौँ — डिजिटल रूपान्तरण र साइबर सुरक्षासम्बन्धी परामर्शदाता कम्पनी जेनेस सलुसनले  अमेजन वेब सर्भिसेज (एडब्लूएस) को प्रिमिएयर टिएर सर्भिसेज पार्टनर स्टाटस प्राप्त गरेको छ ।  यो स्टाटस प्राप्त गर्ने जेनेस नेपालको पहिलो र एकमात्र कम्पनी बनेको विज्ञप्तीमा उल्लेख छ ।

जेनेस सलुशनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत अञ्जनी फुयाँलले यस स्टाटससँगै अब डिजिटल रूपान्तरणको यात्रामा नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिकृया दिएका छन् ।

यसले ग्राहक र साझेदारहरूलाई एडब्लूएसको उच्च विशेषज्ञता, स्रोतसाधन र द्रुत सहयोगमा पहुँच दिने उनले जानकारी दिएका छन्  । साथै, उनीहरूले एडब्लूएस रोडम्याप र बेटा कार्यक्रममा संलग्न हुन पाउने विज्ञप्तीमा उल्लेख छ ।

जेनेस सोलुसन एसिया, अफ्रिका, युरोप र अमेरिकाका झन्डै एक दर्जन देशमा कार्यरत छ । 

कान्तिपुर

Link copied successfully