काठमाडौँ — भारतको प्रमुख एफएमसीजी समूह तथा बहु-व्यावसायिक निगम धर्मपाल सत्यपाल ग्रुप (डीएस ग्रुप) अन्तर्गतको लोकप्रिय ब्रान्ड क्याच स्पाइसेसले नेपालमा आफ्ना मसला सार्वजनिक गरेको छ।
क्याच स्पाइसेसले आफ्नो शुद्धता, स्वाद र नवप्रवर्तनको परम्परालाई नेपाली भान्सासम्म पुर्याउने लक्ष्य राखेको छ। अन्तर्राष्ट्रिय उपस्थिति थप मजबुत बनाउने उद्देश्यले कम्पनीले नेपालमा आफ्नो उत्पादन सार्वजनिक गरेको हो।
क्याच स्पाइसेसले स्ट्रेट मसला, विविध मिश्रित मसला, पेस्ट तथा साबुत मसलाहरू बजारमा ल्याएको छ। यी मसलामा अत्याधुनिक कम तापक्रम पिसाइ प्रविधिको प्रयोग गरिएको छ, जसले मसलाको प्राकृतिक बास्ना, तेल, रङ र स्थायित्वलाई जोगाइराख्न सहयोग गर्छ।
हाल काठमाडौं उपत्यकामा उपलब्ध क्याच स्पाइसेस चाँडै अन्य शहरहरूमा पनि विस्तार गरिनेछ। यो ब्रान्ड भाटभटेनीजस्ता मोडर्न ट्रेड स्टोरहरू, खुद्रा पसलहरू, नेपाली सेनाका क्यान्टिनहरू, होटल, रेस्टुरेन्ट, क्याफे तथा दराजजस्ता ई-कमर्स प्लेटफर्ममार्फत उपलब्ध हुनेछ।
कम्पनीले सेफ सन्तोष शाहलाई ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त गरेको छ। सेफ शाहले भने, 'एक सेफको हैसियतले मलाई थाहा छ-गुणस्तरीय मसलाले परिकारमा कस्तो गहिरो असर पार्छ। क्याच मसला नेपालमा भित्रिनु अत्यन्त सकारात्मक खबर हो, र म विश्वस्त छु कि यसका उत्पादनहरूले घरदेखि रेस्टुरेन्टसम्म छिट्टै स्थान बनाउनेछन्।'
