ग्लोबल आइएमई बैंकलाई ‘बेष्ट बैंक अवार्ड २०२५’

असार २६, २०८२

कान्तिपुर संवाददाता

'Best Bank Award 2025' to Global IME Bank

काठमाडौँ — ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल फाइनान्स म्यागाजिनबाट ‘बेष्ट बैंक अवार्ड २०२५’ प्राप्त गरेको छ। यो अवार्डसँगै ग्लोबल आइएमई बैंकले लगातार दोस्रो वर्ष यो प्रतिष्ठित अवार्ड पाएको हो। यसअघि ग्लोबल फाइनान्सले बैंकलाई २०२४ मा पनि सम्मानित गरेको थियो।

विश्वसनीयता, वित्तीय स्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यावसायिक तथा ग्राहकमैत्री सेवा विकास, क्रेडिट रेटिङ लगायतका मापदण्डहरूमा उत्कृष्ट ठहरिँदै ग्लोबल आइएमई बैंक सन् २०२५ का लागि नेपालको उत्कृष्ट बैंक घोषित भएको हो।

उक्त अवार्डले बैंकलाई अझ उत्कृष्ट सेवा प्रदान गर्न थप प्रोत्साहित गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बताएका छन्।

ग्लोबल फाइनान्स म्यागाजिनले ग्लोबल आइएमई बैंकसहित अफ्रिका, एशिया प्यासिफिक, क्यारिबियन, मध्य अमेरिका, ल्याटिन अमेरिका, मध्य तथा पूर्वी युरोप, मध्यपूर्व, उत्तर अमेरिका र पश्चिम युरोप क्षेत्रका उत्कृष्ट बैंकहरूलाई सम्मान गरेको हो।

ग्लोबल फाइनान्सले विश्वका उत्कृष्ट केन्द्रीय बैंक तथा वाणिज्य बैंकहरूलाई यो अवार्ड प्रदान गर्दै आएको छ। २०२५ का लागि यस म्यागाजिनले हङकङको एचएसबीसी, भारतको स्टेट बैंक अफ इन्डिया, चीनको चाइना कन्स्ट्रक्सन बैंक, नेपालको ग्लोबल आइएमई बैंक, मलेशियाको यूओबी मलेसिया, बंगलादेशको सिटी बैंक, जापानको एसएमबीसीलगायत विभिन्न बैंकहरूलाई विभिन्न विधामा सम्मानित गरेको हो।

कान्तिपुर

Link copied successfully