काठमाडौँ — इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले आफ्नो ऐतिहासिक उपलब्धि, प्रविधिमा पुर्याएको योगदान तथा संघर्षसहितको गौरवपूर्ण विगतलाई समेट्ने गरी ‘वर्ल्डलिंक संग्रहालय’ स्थापना गरेको छ ।
कम्पनीका अध्यक्ष दिलीप अग्रवाल, सहसंस्थापक तथा कार्यकारी निर्देशक मनोज अग्रवाल, कम्पनीका प्रमुख कार्यकारी अधिकृत केशव नेपालको उपस्थितिमा ललितपुरको कुसुन्तीमा यो संग्रहालय उद्घाटन गरिएको हो ।
संग्रहालयमा वर्ल्डलिंकले स्थापनाकालदेखि हालसम्म इमेल/इन्टरनेट, डायलअप, भी–स्याट, वायरलेस, केवल इन्टरनेट तथा एफटीटीएच यात्रामा प्रयोग गरेका विभिन्न प्रविधियुक्त उपकरण राखिएको छ ।
संग्रहालयलाई अध्ययन, अवलोकन, अनुसन्धानका लागि राखिएको र भविष्यमा नेपालको इन्टरनेट प्रविधिको विकासक्रमको अध्ययन गर्ने र ज्ञान बटुल्ने साझा थलो बन्ने विश्वास कम्पनीको छ ।
