काठमाडौँ — नेपाल एसबीआई बैंकले सोमबार आफ्नो ३२ औं वार्षिकोत्सव मनाएको छ । यस अवसरमा बैंकले शपथ ग्रहण समारोहको आयोजना गरेको थियो, जहाँ बैंकका कर्मचारीले बैंकप्रतिको जिम्मेवारीका लागि आफ्नो प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारीले बैंकको उपलब्धिबारे प्रस्तुति दिएका थिए । उक्त अवसरमा बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत काठमाडौंको कमलादीस्थित कर्पोरेट कार्यालयसहित सबै प्रदेश कार्यालयमा रक्तदान कार्यक्रम गरेको थियो । साथै, फरक क्षमताका व्यक्तिलाई रूपन्देहीको भैरहवामा ह्वीलचियर वितरण गरेको थियो ।
