नेपाल टेलिकमको मनसुन अफर, फरक क्षमता भएका व्यक्तिलाई बोनस

असार २५, २०८२

कान्तिपुर संवाददाता

Monsoon offer of Nepal Telecom, bonus for differently abled people

काठमाडौँ — नेपाल टेलिकमले नयाँ 'मनसुन अफर २०८२' सार्वजनिक गरेको छ । असार २६ देखि लागू हुने यो अफरमा भ्वाइस, डेटा र एसएमएस प्याकेजहरू उपलब्ध हुनेछन् ।

टेलिकमले ग्राहकहरूको बढ्दो डिजिटल आवश्यकता र सुलभ दरमा सेवा उपलब्ध गराउने चाहनालाई सम्बोधन गर्न समयसापेक्ष प्याकेज तथा अफरहरू ल्याइरहेको जनाएको छ । मनसुन अफर २०८२ अन्तर्गत शारीरिक तथा मानसिक रूपमा फरक क्षमता भएका व्यक्तिहरूका लागि बोनससहितका विशेष प्याकेजहरू समावेश गरिएका छन् ।

साथै, लोकप्रिय सजिलो अनलिमिटेड ६९९ र ७९९ प्याकेजहरूमा ३० प्रतिशत छुट पनि उपलब्ध गराइने टेलिकमले जानकारी दिएको छ ।ग्राहकहरूले आफ्नो मोबाइलबाट एस्टरिस्क १४१५ ह्यास डायल गरेर वा ‘नेपाल टेलिकम’ एपको प्रयोग गरेर विभिन्न प्याकेजहरूसम्बन्धी जानकारी लिन तथा खरिद गर्न सक्नेछन् । 

कान्तिपुर

Link copied successfully