सिटिजन्स सदावहार योजनाको इकाइमा असार २७ सम्म आवेदन दिन सकिने

असार २५, २०८२

कान्तिपुर संवाददाता

Applications can be made in Citizens Sadavahar Yojana unit till June 27

काठमाडौँ — सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सिटिजन्स सदावहार योजनाको इकाइ बिक्री खुला भएको छ । यही असार १३ देखि बिक्री खुला गरिएको इकाइ खरिदका लागि असार २७ सम्म आवेदन दिन सकिनेछ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड कोष प्रवर्द्धक तथा सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको योजना सञ्चालन गर्न नेपाल धितोपत्र बोर्डबाट सञ्चालन अनुमति प्राप्त भएको कम्पनीले जनाएको छ । यही असार १३ देखि बिक्री खुला गरिएको इकाइ खरिदका लागि असार २७ सम्म आवेदन दिन सकिनेछ । योजनाको इकाइ खरिद गर्न ‘मेरो सेयर खाता’ मार्फत वा सी–आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएको शाखा कार्यालयबाट समेत आवेदन दिन सकिनेछ । योजनामा सहभागी हुन न्यूनतम १ सय र अधिकतम ५ लाख इकाइ (प्रतिइकाइ १० रुपैयाँको दरले) खरिद आवेदन दिन सकिनेछ ।

कान्तिपुर

Link copied successfully