प्रोटोन इमासको नयाँ शोरुम थापाथलीमा

असार २३, २०८२

कान्तिपुर संवाददाता

New showroom of Proton Emas at Thapathali

काठमाडौँ — शंकर ग्रुपको जगदम्बा मोटर्सले थापाथलीमा प्रोटोन इमासको नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । गायक तथा संगीत निर्माता ब्रिजेश श्रेष्ठ र जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ता, जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेटवाल र अभिनेत्री तथा निर्माता केकी अधिकारीले शोरुम उद्‍घाटन गरे ।

‘हामी थापाथलीमा शोरुम खोल्न पाउँदा हर्षित छौं, जुन हामीले आगामी वर्ष स्थापना गर्ने योजना बनाएका धेरै शोरुममध्ये यो पहिलो हो,’ जगदम्बा मोटर्सका कार्यकारी निर्देशक गुप्ताले भने, ‘हाम्रो उद्देश्य जगदम्बा मोटर्सबाट लगभग २५ प्रोटोन इमास शोरुम खोल्ने हो ।’

ब्रान्डकी नयाँ ग्राहक एवं अभिनेत्री केकी अधिकारीले गाडी चलाउनेबित्तिकै आफूलाई गाडी मन परेको बताइन् । ‘शंकर ग्रुपले ल्याएको थाहा पाएपछि नै यो किन्ने निर्णय गरें,’ उनले भनिन् ।

कान्तिपुर

Link copied successfully