ग्लोबल आईएमई समुन्नत योजना–२ म्युचुअल फन्डको आवेदन खुला

असार २३, २०८२

कान्तिपुर संवाददाता

Global IME Samunnat Yojana-2 Mutual Fund Application Open

काठमाडौँ — संघसंस्था तथा सर्वसाधारणका लागि ग्लोबल आईएमई समुन्नत योजना–२ म्युचुअल फन्डको सार्वजनिक निष्कासन तथा बिक्री खुला भएको छ । म्युचुअल फन्डको प्रतिइकाई अंकित मूल्य १० रुपैयाँ तोकिएको छ ।

विभिन्न संघसंस्था र सर्वसाधारणलाई १० करोड २० लाख इकाइका लागि बिक्री खुला गरिएको जनाइएको छ । यसमा न्यूनतम एक सय इकाइ र अधिकतम एक करोड बीस लाख इकाइका लागि आवेदन दिन सक्नेछन् ।

यस योजनाको वार्षिक औसत प्रतिशत २२.४९ रहने प्रक्षेपण छ । योजनाका इकाइ धनीहरूले १० वर्षमा कुल २२४.९६ प्रतिशत प्रतिफल पाउने अनुमान गरिएको छ ।

कान्तिपुर

Link copied successfully