एभरेष्ट बैंकको नयाँ शाखा बर्दिवासमा 

असार २१, २०८२

कान्तिपुर संवाददाता

New branch of Everest Bank at Bardiwas

काठमाडौँ — एभरेष्ट बैंकले आफ्नो १३३ औं शाखा महोत्तरीस्थित बर्दिबास नगरपालिका वडा नं १ विस्तार गरेको छ । यो शाखासँगै मधेश प्रदेशमा मात्रै बैंकको शाखा संख्या १५ पुगेको छ । 

अत्याधुनिक, सरल र सहज बौकिङ सुविधा लिन सक्ने बैंकले जनाएको छ । बर्दिबासमा बैंकको शाखा कार्यालय स्थापनासँगै आर्थिक गतिविधि अझ बढ्ने र समग्र आर्थिक विकाशमा थप टेवा पुग्ने बैंकले जनाएको छ ।

पञ्जाब नेसनल बैंक भारतसँग संयुक्त साझेदारमा स्थापित एभरेष्ट बैंकमा १४ लाख भन्दा बढी ग्राहक, देशभर १३३ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालयहरु, १६८ एटीएम छन् । 

कान्तिपुर

Link copied successfully