विकास हाइड्रोपावरको आईपीओमा आइतबारसम्म आवेदन दिन सकिने

असार २०, २०८२

कान्तिपुर संवाददाता

Applications for Vikas Hydropower's IPO can be made till Sunday

काठमाडौँ — विकास हाइड्रोपावरले सर्वसाधरणका लागि प्राथमिक सेयर निष्कासन ( आईपीओ) खुला गरेको छ । प्रभु क्यापिटल लिमिटेड निष्कासन तथा बिक्री प्रबन्धक रहेको हाइड्रोपावरले आगामी आइतबारसम्मका लागि आईपिओ खुला गरेको हो ।

सर्वसाधरणले २९ लाख ४२ लाख ७६० कित्ताका लागि आवेदन खुलाएको हो । शुक्रबारसम्म१४ लाख ७८ हजार ८३९ जना आवेदकले १ करोड ८२ लाख २४ हजार ३ सय २० कित्ताका लागि आवेदन दिइसकेका छन् ।

विकास हाइड्रोपावरद्वारा प्रवर्द्धित ४.५५ मेगावाटको माथिल्लो माछाखोला साना जलविद्युत् आयोजनाबाट २०७९ फागुनदेखि व्यवसायिक बिजुली उत्पादन गरिरहेको छ । 

कान्तिपुर

Link copied successfully