नाडा अटो शो २०२५ को स्टल एलोकेसन सकियो

असार १९, २०८२

कान्तिपुर संवाददाता

Stall allocation for NADA Auto Show 2025 is over

काठमाडौँ — नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालको ‘नाडा अटो शो २०२५’ का लागि स्टल एलोकेसन सकिएको छ । नाडा अटो शो आगामी भदौ ३ देखि ८ सम्म भृकुटीमण्डप सञ्चालन हुनेछ । 

नेपाली अटो उद्योगको प्रमूख प्रदर्शनी बनेको ‘नाडा अटो शो’  प्रविधि, नवप्रवर्द्धन एवं गतिशीलतामा महत्वपूर्ण योगदान दिँदै आएको छ ।

अटो शोमा चार पांगे  सवारीका १८ वटा स्टल, दुई पांग्रेको ४ वटा स्टल, लाइट कर्मर्शियल भेहिकलको १३ वटा र अटो कम्पोनेन्टहरुका ४० वटा भन्दा बढी स्टल रहने नाडाले जनाएको छ । 

यो संस्करणमा मेड इन नेपाल पभिलियन, विन्टेज कार पभिलियन, अटो डायलग (नीति र प्रवृत्ति सम्बन्धी संवाद), इटेरी, क्याफेलगायत विशेष आकर्षण हुनेछ । नाडा अटो सोको टाइटल स्पोन्सर एमएडब्ल्यू ग्रुप अफ कम्पनीज रहनेछ । 

कान्तिपुर

Link copied successfully