एनसेलका अब नयाँ ९७१ नम्बर रेन्जका मोबाइल नम्बर

असार १९, २०८२

कान्तिपुर संवाददाता

Ncell now new 971 number range mobile numbers

काठमाडौँ — एनसेलले आम उपभोक्ताको सुविधाका लागि ९७१ बाट सुरु हुने मोबाइल नम्बर उपलब्ध गराउने भएको छ । साउन दोस्रो साताभित्रै नयाँ सिम वितरण थाल्ने तयारी रहेको कम्पनीले जनाएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले गत जेठ १४ मा एनसेललाई यो नम्बर रेन्जका नम्बर वितरण गर्न अनुमति दिएको थियो । ९८०, ९८१, ९८२ र ९७० मार्फत सेवाग्राहीका लागि सेवा प्रदान गर्न मोबाइल नम्बर अपुग भएकाले नयाँ नम्बर रेन्ज प्रदान गरिएको प्राधिकरणले जनाएको छ ।

यो नयाँ नम्बर रेन्ज प्राधिकरणको राष्ट्रिय नम्बरिङ वितरण योजना (नेसनल नम्बरिङ अलोकेसन प्लान) को नियमअनुरूप जारी भएको पनि बताइएको छ । दूरसञ्चार सेवाबाहेक विभिन्न महत्त्वपूर्ण काम जस्तै वान टाइम पासवर्ड (ओटीपी) लिन, मोबाइल एप र वेबमा आधारित सेवाका लागि साइन अप गर्नलगायत विभिन्न डिजिटल कारोबार गर्दा मोबाइल नम्बरको ठूलो आवश्यकता रहन्छ ।

एनसेलले विभिन्न सेवाप्रदायक कम्पनी, सरकारी तथा गैरसरकारी संस्था, कार्यालय, बैंक तथा वित्तीय संस्थालाई यो नयाँ नम्बर रेन्जलाई हाल सञ्चालनमा रहेका अन्य रेन्जसरह ग्राहक सेवाका लागि आआफ्नो प्रणालीमा इन्ट्रिगेट गर्न अनुरोधसमेत गरेको छ । 

कान्तिपुर

Link copied successfully