यामाहाको वृक्षरोपणदेखि रक्तदानसम्म 

असार १९, २०८२

कान्तिपुर संवाददाता

From tree planting to blood donation at Yamaha

काठमाडौँ — यामाहा ग्लोबलले मंगलबार ७० औं वार्षिकोत्सवका अवसरमा ‘यामाहा डे’ मनाएको छ ।

हरेक वर्षको जुलाई १ मा विश्वभर यो दिवस यामाहाको इन्जिनियरिङ, मोटरस्पोर्ट्स र संगीत वाद्यवादनदेखि मोटरसाइकलसम्मको अद्वितीय यात्रालाई सम्मान गर्न मनाउने गरिन्छ । 

यस वर्षको उत्सव विभिन्न सामाजिक तथा वातावरणीय उद्देश्यसहित सम्पन्न भएको छ । एमएडब्लू फाउन्डेसनको संयोजनमा नक्साल शोरुममा आयोजना गरिएको रक्तदान कार्यक्रमदेखि फ्याक्ट्री परिसरमा वृक्षरोपण अभियान सञ्चालन गरिएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully