बजारमा बोटको प्रिमियम अडियो ‘निर्भाना’ सिरिज

असार १९, २०८२

कान्तिपुर संवाददाता

Bot's premium audio 'Nirvana' series on the market

काठमाडौँ — भारतको अडियो वेयरेबल ब्रान्ड बोटले नेपालमा आफ्नो आगमनको औपचारिक घोषणा गरेको छ । यद्यपि, बोटले नेपालमा पहिले नै बलियो उपस्थिति बनाइसकेको छ ।

अब यसले ‘निर्भाना’ सिरिजको आधिकारिक सार्वजनिकमार्फत आफ्नो उपस्थिति औपचारिक बनाएको हो । उच्च प्रदर्शन क्षमतायुक्त एएनसी (एक्टिभ न्वाइज क्यान्सेलेसन) युक्त इयरफोन र इयरबड्स समावेश गरिएको प्रिमियम ‘निर्भाना’ सिरिज अब नेपालभरका प्रमुख अनलाइन तथा अफलाइन खुद्रा प्लेटफर्महरूमा उपलब्ध हुनेछ ।

बोटलाई राष्ट्रिय रूपमा टेलिटक प्रालि (रमेश कर्पअन्तर्गतको संस्था) ले वितरण गर्दै आएको छ । भारतमा दर्ता गरिएको इम्याजिन मार्केटिङ लिमिटेड (आईएमएल) ले ‘बोट’ ब्रान्डअन्तर्गत अडियो, वेयरेबल्स र चार्जिङ समाधानहरूसहितको उत्पादन पोर्टफोलियो प्रदान गर्छ ।

कान्तिपुर संवाददाता

Link copied successfully