काठमाडौँ — सिद्धार्थ बैंक र टाटाका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङबीच विद्युतीय ट्याक्सी कर्जा सुविधासम्बन्धी सम्झौता भएको छ ।
अब सिप्रदी ट्रेडिङमार्फत टाटा मोटर्सअन्तर्गतका विद्युतीय ट्याक्सी खरिद गर्ने ग्राहकले सिद्धार्थ बैंकबाट छिटो र सुलभ ब्याजदरमा सवारीसाधन कर्जा प्राप्त गर्न सक्नेछन् । उक्त कर्जाको अवधि ५ वर्षको छ । सिद्धार्थ बैंकले सम्झौतामार्फत दिगो बैंकिङ अभ्यासलाई प्रवर्द्धन गर्दै वातावरणमैत्री विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रोत्साहित गर्ने विश्वास लिएको छ ।
