हुवावेको ‘सिड्स फर द फ्युचर’ कार्यक्रममा प्रतिनिधित्व गर्न ५ विद्यार्थी छनोट

असार १९, २०८२

कान्तिपुर संवाददाता

5 students selected to represent Huawei's 'Seeds for the Future' program

काठमाडौँ — हुवावे नेपालले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सञ्चालन गरेको सिड्स फर द फ्युचर २०२५ कार्यक्रममा नेपालबाट चीनमा आयोजना हुने क्षेत्रीय प्रतिस्पर्धामा सहभागी हुन शीर्ष पाँच विद्यार्थी घोषणा गरेको छ ।

यसमा आदर्श श्रेष्ठ, अपला तिमिल्सिना, दिनानाथ पाध्य, मञ्जिला पाण्डे र स्तुति ढुंगाना रहेको कम्पनीले बताएको छ । यो कार्यक्रम आगामी अगस्ट २०२५ चीनमा आयोजना हुने कम्पनीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

यस वर्षको संस्करणमा नेपालभरका विश्वविद्यालयबाट ६ सय ५० भन्दा बढी विद्यार्थीहरूको आवेदन प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ । प्रतिस्पर्धात्मक छनोट प्रक्रियापछि ३० जना विद्यार्थीलाई छोटो सूचीमा राखी विभिन्न प्राविधिक तालिम, कार्यशाला र सांस्कृतिक आदानप्रदान कार्यक्रममा सहभागी गराइएको कम्पनीको भनाइ छ ।

तालिममा विद्यार्थीले फाइभजी, कृत्रिम बुद्धिमत्ता (एआई), क्लाउड कम्प्युटिङ, क्लिन इनर्जीलगायत डिजिटल प्रविधिको आधारभूत जानकारी लिएर विश्व डिजिटल अर्थतन्त्रका लागि तयार हुने मौका पाएको कम्पनीले जनाएको छ ।

कान्तिपुर

Link copied successfully