बजारमा सामसङको ग्यालेक्सी बड्स कोर

असार १६, २०८२

कान्तिपुर संवाददाता

Samsung's Galaxy Buds Core in the market

काठमाडौँ — सामसङले आफ्नो सबैभन्दा किफायती ट्रू वायरलेस इयरफोन ग्यालेक्सी बड्स कोर सार्वजनिक गरेको छ । मंगलबारदेखि बजारमा पाइने यी बड्स दैनिक उपयोगका लागि डिजाइन गरिएको कम्पनीले जनाएको छ ।

सामसङका अनुसार प्रिमियम फिचर जस्तै उत्कृष्ट साउन्ड, एक्टिभ न्वाइज क्यान्सिलेसन र ग्यालेक्सी एआईको इन्टरप्रिटरको मूल्य ७ हजार ३ सय ९९ रुपैयाँ तोकिएको छ । एनसीबिना ३५ र एनसीसहित २० घण्टासम्म चार्ज टिक्ने कम्पनीको भनाइ छ ।

कालो र सेतो रङमा उपलब्ध ग्यालेक्सी बड्स कोर नेपालभर सामसङका आधिकारिक बिक्रेताबाट बिक्री हुनेछ । ग्यालेक्सी बड्स कोरले डायनामिक ड्राइभर प्रयोग गरी डिप इप्रेसिभ साउन्ड प्रदान गर्नेछ ।

कान्तिपुर संवाददाता

Link copied successfully