चन्देश्वर सिंह बने ‘माइलेज च्याम्पियन’ विजेता

असार १६, २०८२

कान्तिपुर संवाददाता

Chandeshwar Singh became the 'Mileage Champion' winner

काठमाडौँ — चन्देश्वर सिंह ‘माइलेज च्याम्पियन’ बनेका छन् । रामजानकी अटो बर्दिबासले बिर्ता फुटबल मैदानमा आयोजना गरेको प्रतिस्पर्धामा कुल ८९ किलोमिटरको उत्कृष्ट माइलेज हासिल गरी सिंह ‘विजेता’ बन्न सफल भएका हुन् ।

मोटरसाइकलको माइलेज प्रतिस्पर्धामा ६५ सहभागीले आ–आफ्नो दक्षता प्रस्तुत गरेको रामजानकी अटो बर्दिबासले जनाएको छ ।

शत्रुधन महतो ८३ किलोमिटर माइलजेसहित ‘पहिलो उपविजेता’ बने भने ८० किलोमिटर माइलेजसहित ‘दोस्रो उपविजेता’को उपाधि गोपाल महतोले पाएको कम्पनीको भनाइ छ ।

प्रतिस्पर्धाले मोटरसाइकल प्रयोगकर्ताहरूमा इन्धनको उचित उपयोग र माइलेज वृद्धि गर्ने प्रविधि तथा सीपप्रति रुचि बढाएको कम्पनीको दाबी छ ।

कान्तिपुर

Link copied successfully