नेपकम्स स्टडी अब्रोड एडमिसन डेमा तीन देशका विश्वविद्यालय प्रतिनिधिसँग भेट्ने मौका

असार १५, २०८२

कान्तिपुर संवाददाता

A chance to meet university representatives from three countries at the Napcoms Study Abroad Admission Day

काठमाडौँ — अमेरिका, बेलायत वा क्यानाडामा अध्ययन गर्ने सपना देख्दै हुनुहुन्छ ? 'अन्तर्राष्ट्रिय शिक्षाको शक्तिसँगै ग्लोबल च्याम्पियन बन्नुहोस्' भन्ने मूल नारासहित नेपकम्स सर्भिसेसले जुन ३० (असार १६ गते) मा 'स्टडी अब्रोड एडमिसन डे' आयोजना गर्दैछ ।

यो विशेष कार्यक्रम विदेशमा अध्ययन गर्न इच्छुक विद्यार्थी तथा अभिभावकका लागि १४ वटा अन्तर्राष्ट्रिय विश्वविद्यालय प्रतिनिधिसँग प्रत्यक्ष भेटवार्ता गर्ने उपयुक्त अवसर हुने नेपकम्सले जनाएको छ ।

नेपकम्सले विज्ञप्तिमा भनेको छ– 'विदेशमा अध्ययन गर्न चाहने तर कहाँबाट सुरु गर्ने भन्नेमा अन्योलमा हुनुहुन्छ भने यो कार्यक्रमले तपाईंलाई स्पष्टता, आत्मविश्वास र अगाडि बढ्‌ने ठोस योजना दिनेछ ।' 

कार्यक्रममा विश्वविद्यालय प्रतिनिधिद्वारा प्रत्यक्ष मूल्यांकन, योग्यताको आधारमा छात्रवृत्तिको सम्भावना पहिल्याउने, दीर्घकालीन करियर योजना र मार्गदर्शनका साथै अमेरिका, बेलायत र क्यानाडाका विश्ववि‌द्यालयबारे जानकारी दिइने छ ।

कार्यक्रम सोमबार बिहान १० बजेदेखि दिउँसो ३ बजे सम्म नेपकम्सको बागबजार-२८ स्थित कार्यालयमा हुने जनाइएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully