लगनखेलमा यामाहा ब्लू फेस्ट

असार १२, २०८२

कान्तिपुर संवाददाता

Yamaha Blue Fest at Lagankhel

काठमाडौँ — ललितपुरको लगनखेल बसपार्कमा दुईपांग्रे एक्सचेन्ज महोत्सव ‘यामाहा ब्लू फेस्ट’ सुरु भएको छ । ललितपुर महानगर–१२ का वडाध्यक्ष नारायणलाल अवाले र एमएडब्ल्यू राइड्सका कार्यकारी निर्देशक तथा सीईओ दीपककुमार अग्रवालले फेस्टको उद्घाटन गरेका छन् ।

असार १७ सम्म चल्ने महोत्सवमा जुनसुकै ब्रान्डका मोटरसाइकल आकर्षक भ्यालुएसन र अफरसहित एक्सचेन्ज गर्न पाइने कम्पनीले जनाएको छ ।

यामाहा बाइक वा स्कुटरको न्यूनतम मूल्यांकन ५० हजार एवं अन्य ब्रान्डमा न्यूनतम २५ हजार रुपैयाँको मूल्यांकन र एक्सचेन्जमा अतिरिक्त १० हजार रुपैयाँ बोनस पाइने कम्पनीले जनाएको छ ।

६ हजार रुपैयाँसम्म नगद छुट, फ्री एक्सेसरिज र आगामी आर्थिक वर्षको कर तिरिदिने कम्पनीको भनाइ छ । ७.९९ प्रतिशत ब्याजदरमा वित्तपोषण हुने कम्पनीले बताएको छ । 

कान्तिपुर

Link copied successfully