काठमाडौँ — सिटिजन्स म्युचअल फन्डले ‘सिटिजन्स सदाबहादर योजना’को इकाई बिक्री गर्न निष्कासन खुलाएको छ । सिटिजन्स बैंकको कोष प्रवर्द्धनमा सञ्चालित ‘सिटिजन्स सदाबहार योजना’ खुलामुखी हो ।
यसका लागि आगामी मंगलबारसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ । उक्त अवधिमा सम्पूर्ण इकाई बिक्री नभए असार २७ सम्म समय थपिने बैंकको भनाइ छ । यस योजनामा सहभागी हुन न्यूनतम एक सय र अधिकतम ५ लाख इकाई खरिद गर्न आवेदन दिन सकिनेछ ।
कुल ५ करोड इकाइमध्ये ४ करोड २५ लाख इकाइ सार्वजनिक रुपमा निष्कासन हुन लागेको हो । अंकित मूल्य १० का दरले न्यूनतम १ सय इकाइका लागि आवेदन दिन सकिने बैंकको भनाइ छ ।
सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित अन्य योजनामध्ये प्रतिइकाइ अंकित मूल्य १० रुपैयााका दरले आठ करोड २० लाख इकाइ रहेको सातवर्षे बन्दमुखी योजना सिटिजन्स म्युचुअल फन्ड–१ परिपक्व भइसकेको छ ।
