काठमाडौँ — फोटोनको प्रमुख पिकअप टुनल्यान्ड जी सेभेन नेपाली बजारमा आएको छ । नेपालमा सार्वजनिक गर्नुअघि यो गाडीको १५ हजार किलोमिटर परीक्षणमा टेस्ट गरिएको कम्पनीले जनाएको छ ।
एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारिया, फोटोन इन्टरनेसनल साउथ एसियाका प्रबन्ध निर्देशक एरिक वाङ, बेइकी फोटोनका पीआर निर्देशक तथा फोटन इन्टरनेसनलका प्रमुख अकाउन्ट निर्देशक ली जुओचेङ, फोटोन इन्टरनेसनल प्यासेन्जर भेहिकल बिजिनेसका सिनियर मार्केटिङ म्यानेजर एमिली डिङ, लियो झाओ र नेपालका लागि फोटोनको आधिकारिक वितरक एमएडब्लू वृद्धि कमर्सियलका सीईओ तुषार गुप्ताले संयुक्त रूपमा जी सेभेन सार्वजनिक गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कार्यक्रममा टुनल्यान्ड जी सेभेन बुकिङ गरेका ग्राहकहरूलाई साँचो हस्तान्तरण गरिएको थियो ।
‘चीनमा अटोनोमस व्यावसायिक सवारी साधन सार्वजनिक गर्ने पहिलो ब्रान्डका रूपमा फोटोनको गौरवशाली इतिहास रहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘आज पनि कम्पनी अत्याधुनिक डिजाइनमा अगाडि रहँदै आएको छ । टुनल्यान्ड जी सेभेन त्यही इनोभेसनको सजीव प्रमाण हो ।’
१६० एचपी पावर र ३९० एनएम टर्कसहित जी सेभेनले नेपालको सबै भूभागमा अद्वितीय प्रदर्शन दिने कम्पनीको दाबी छ । फोटोन टुनल्यान्ड जी सेभेन सुरुवाती मूल्यहरू एलिटका लागि ५१.९९ लाख, लक्जरीका लागि ६५.४० लाख र फ्ल्यागसिप मोडेलका लागि ६९.९९ लाख रुपैयाँ गरी तीन फरक भेरियन्टमा उपलब्ध रहेको पनि कम्पनीले जनाएको छ ।
